जुहीसँग बिहे गर्न चाहन्थे सलमान – तर बुबाले इन्कार गरिदिए !

एजेन्सी । बलिउड अभिनेता सलमान खानले अब कहिले बिहे गर्छन् त, भन्ने सवालमा बलिउड सेलिब्रेटि र दबांग खानका फ्यानह रहेका छन् । तर यो कुरा पनि प्राय सबैलाई थाहा छ कि कुनै समयमा अभिनेता खानले अभिनेत्री जुही चावलासँग बिहे गर्न चाहन्थे । अभिनेता खानले यो कुरा एक अन्तर्वार्तामा पनि बोहिसेका कुरा हो ।

अभिनेता खानले भने, ‘जुही धेरै राम्री छन्, मैले उनको बुबासँग जुहीको हात मागेको थिए तर इन्कार गरिदिए । मलाई लाग्छ, उनको लागि म फिट छुइन ।’

सलमानको एक पुरानो भिडियो भाइरल बनिरहेको छ । यो भिडियोलाई नियाल्दा थाहा हुन्छ कि यो सलमानको सुरुवाती दिनहरुको भिडियो हो । त्यसोत, सलमानले जुहीसँग बिहे मात्र होइन, फिल्ममा काम पनि गर्न चाहन्थे, जति बेला जुही ठुलो स्टार थिइन् ।

त्यसै बेला सलमान र जुहीलाई लिएर निर्देशकले फिल्म बनाउन खोजेका थिए, तर जुहीले रिजेक्ट गरिदिएकी थिइन् । यति मात्र होइन, यो फिल्मको लागि आमिर खानलाई लिने कुरा भयो, यो कुरा थाहा पाएपछि सलमान धेरै निराश भएका थिए ।

सलमानले यो कुरालाई कहिल्यै भुल्दैनन् । पछिल्लो समय सलमानको शो मा जुहीले जब सलमानसँग काम गर्ने कुरा बताएकी थिइन् । त्यसोत, जुहीलाई फिल्ममा सलमानको आमा बन्न अफर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.