उवाको आक्रोस: केसीको माग जायज छ, पञ्चायत र राणासँग डलेको जस्तै अब कम्युनिस्टसँग लड्छौँ

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादु देउवाले पञ्चायत र राणासँग लडे जस्तै अब कम्युनिस्टसँग पनि लड्ने बताएका छन् । अहिले निषेधित क्षेत्र तोक्ने, शान्तिपूर्ण आन्दोलन गर्न नदिने कम्युनिस्टहरूले बोल्न, लेख्नसमेत नदिने दिन आउन सक्ने बताएका छन् ।

देउवाले शान्तिपूर्ण आन्दोलन गर्न नपाउने गरी हस्तक्षेप गर्दै निषेधित क्षेत्र तोक्ने कम्युनिस्ट सरकार कहिल्यै प्रजातन्त्रवादी बन्न नसक्ने आरोप लगाएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

केसीको माग जायज
सभापति देउवाले अनशनरत डा गोविन्द केसीको माग जायज भएको बताए । ‘माथेमा आयोगको रिपोर्टलाई आधार मानेर सबैसँग सल्लाह गरेर अध्यादेशलाई हामीले अगाडि बढाउन खोज्यौँ,’ देउवाले भने, ‘तर, प्राइभेट कलेज खोली पैसा खान खोज्नेहरू उद्यत छन् । गोविन्द केसीको माग जायज छन् । हामी समर्थनमा छौँ । उहाँको माग पूरा गर्न र जीवन बचाउन तयार छौँ ।’

Leave a Reply

Your email address will not be published.