काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ ।
प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहनुभएका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ ।
संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका जोशीविरुद्ध साउन ६ गतेसम्म उजुरी दिन आव्हान गरेको थियो । उहाँमाथि सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन बिपरीत छोराको बिहेमा कुस्तौँ खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पुर्याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेष्ता कायम रहेको तनहुँको भिमाद नगरपालीकाको आठ सय रोपनी पर्ति जग्गा गैरकानुनी रुपमा दर्ताका लागि मेलमिलापमा पठाएको जस्ता उजुरीहरू परेकाे नेपाल समाचारपत्रमा खबर छ ।
जोशीले भर्खरै काठमाडौंको एक होटलमा करिब ६ सय जना राखी छोरीको इन्गेजमेण्ट गरेको आरोप लगाउँदै उहाँ विरुद्ध परेको उजुरी पत्रमा प्रतिप्रश्न गरिएको छ–‘करीब ३ महिना अगाडी छोराको बिहेमा ९० लाख रुपैंया भन्दा बढि खर्च गरेका जोशीले इन्गेजमेण्ट मात्रै २० लाख रुपैंयाको गरेका छन् । उक्त रकम कहाँबाट आयो ? प्रधानन्यायाधीशले खर्चको स्रोत देखाउन पर्दैन ?’