मेट्रो रेलको प्रक्रिया अघि बढ्यो, डिपिआरका लागि कम्पनी छानिँदै

काठमाडौं । लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मुल्यांकन गरीरहेको बताउनुभयो ।

‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका थियौँ । बोर्डमा परेका त्यही आशयपत्रमाथि मुल्यांकन भैरहेको छ । यो अन्तिम चरणमा पुगिसकेको छ,’ उहाँले भन्नुभयो ।

३७ किलोमिटर लामो यस खण्डको डिपिआर तयार पार्न विभिन्न देशका २३ आशयपत्र परेको र त्यसमध्ये ६ वटा छनौट गर्न अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

२०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाव्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेसँगै यो प्रकृया सुरु भएको बोर्डले जनाएको नेपाल समाचारपत्रमा समाचार छ ।

Leave a Reply

Your email address will not be published.