काठमाडौं । यो वर्ष बलिउडको चर्चित ‘जी सिने अवार्ड’ नेपालमा आयोजना हुने भएको छ । यो अवार्ड आगामी नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा अवार्ड आयोजना जानकारी गराइएको छ । यस अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुने भएका छन् ।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुई कलाकारहरु राजेश हमाल र दिनेश डिसीलाई सामेल गराएका थिए । सोही भ्रमणका क्रममा ‘जी टिभी’का मालिक तथा भारतीय राज्य सभा सदस्य डा. सुभाश चन्द्रले नेपालमा ‘जी सिन अवार्ड’ आयोजना गर्ने इच्छा नेपाली कलाकारहरुमार्फत प्रधानमन्त्रीमा पुर्याएका थिए ।’
त्यस्तै प्रधानमन्त्री ओलीकै चाहाना अनुरुप अवार्ड समारोह भन्दा अगाडि ‘हिमालयन कन्क्लेभ’ पनि आयोजना गरिने भएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा हुने हिमालयन कन्क्लेभमा नेपाल, भारत, बंगलादेश लगायतका कलाकर्मीहरुको उपस्थिति रहने छ ।
दिनेश डिसिका अनुसार एक दिवसीय कन्क्लेभको भोलीपल्ट घोषणापत्र जारी गरिनेछ भने त्यसको भोलीपल्ट अवार्ड शो आयोजना हुने कार्यक्रमको संयोजन गर्नेछ ।
विश्वका विभिन्न देशहरुमा आयोजना हुने गरेको अवार्ड नेपालमा गर्दा नेपालको पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । त्यस्तै ‘हिन्दी फिल्म हेर्ने विश्वभरका ८० करोड मानिसहरुले अवार्ड समारोह नेपालमा आयोजना गर्दा ‘भिजिट नेपाल २०२०’ लाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।
यसै अवार्डको विषयमा छलफल गर्न ‘जि टिभी’का मालिक सुभास चन्द्र हिजो मात्रै नेपाल आइपुगेका छन् । उनले नेपालमा फिल्म सिटी निर्माणमा पनि लगानी गर्ने इच्छा व्यक्त गरेका छन् ।