रणवीरका बुबा ऋषिले भने, ‘मर्नु भन्दा पहिले आफ्नो नाति नातिनासँग खेल्न मन छ’

एजेन्सी । अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर यो समय बुल्गेरियामा रहेका छन् । आलिया र रणवीरले फिल्म ‘ब्रम्हास्त्र’ को दोस्रो सेड्युलको सुट गरिरहेका छन् । यो जोडीको अफेयरको चर्चा कसैलाई पछाडि लुकाइएको छैन । उनीहरुको एक अर्काको परिवारका अन्य सदस्यहरुबीच पनि सम्बन्ध राम्रो भइरहेको छ ।

रणवीर र आलियाको अफेयरको बारेमा ऋषि कपुरको रिएक्शन अगाडि आएको छ । ‘मिड डे’लाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘जे छ त्येही हो, सबैलाई थाहा छ । मैले केही भन्नुपर्छ जस्तो लाग्दैन । रणवीरको बिहेको लागि अहिले ठूलो समय हो । म २७ वर्षमा सेटल भएको थिए, भने रणवीर ३५ वर्षका भएका छन् । त्यसैले रणवीरले आफ्नो बिहेको बारेमा सोच्नैपर्छ । रणवीरले मन पराएको कुनै पनि युवतीलाई विहे गर्न सक्छन् । उनको रोजाईलाई हामीले नकार्दैनौं । म मर्नु भन्दा पहिले आफ्नो नाति नातिनासँग खेल्न चाहान्छु ।’

उनले थपे, ‘मेरो छोरा रणवीर होस् या अरु कुनै अभिनेता, उनीहरु आआफ्नो काम फोकस छन् । उनीहरु जुन युवतीसँग मिल्छन्, उनीहरु अभिनेत्री नै हुनछन् । उनीहरु धेरै जनासँग भेट्दैनन् । यो फिल्ममा काम गर्नेहरुको फ्लिपसाइ हो ।

Leave a Reply

Your email address will not be published.