‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीतमा प्रियंका र प्रमोदको हट अवतार (भिडियोसहित)

काठमाडौं । फिल्म ‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । इन्दिरा जोशीको स्वरमा रहेको ‘रातको कुरा’ बोलको सार्वजनिक यस गीतमा फिल्मका लिड कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको जोडीलाई देख्न सकिन्छ ।

सार्वजनिक यस गीतमा अभिनेता प्रदीप बाँस्तोलाको शब्द तथा सङ्गीत रहेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको यो गीतमा प्रमोद र प्रियंकालाई निकै हट देखाइएको छ । भिडियोलाई फिल्मकी निर्देशक संगीता श्रेष्ठले कोरियोग्राफी गरेकी हुन् ।

फिल्ममा उनको लेखन समेत रहेको छ । ‘कथा काठमाडौं’लाई विजय राईले निर्माण गरेका हुन् । यो फिल्ममा लुजा सिंहको छायाङ्कन रहेको छ । तीन फरक कथालाई समेटिएर बनाइएको फिल्म ‘कथा काठमाडौं’मा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ ।

यो फिल्ममा निर्माण पक्षको अनुसार असोज १२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

 

Leave a Reply

Your email address will not be published.