काठमाडौँ । नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन् । महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजन सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो ।
एघार जना अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै स्वेता तिमल्सिनाले बिजेताको ताज चुम्न सफल भएकी छन भने फस्ट रनरअप अलिना ब्लोन र सेकेण्ड रनरअपमा रितु श्रेष्ठ भएकी थिइन् भने मस्ट पपुलरमा जेनिशा श्रेष्ठले ताज जित्न सफल भएकी थिइन् ।
त्यसैगरी पुरुष तर्फ आठ जना प्रतिष्पर्धीलाई उछिन्दै भाइचुङ राई बिजेता बनेका छन भने फस्ट रनरअप सागर कार्की र सेकेन्ड रनर अप सन्दीप बम भएका छन् । डा सुशिला मल्ल, संचारकर्मी गीता अधिकारि, निर्देशक राजु केसी र किशोर पौडेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए । दिवस भट्टराईले कोरियोग्राफ्री गरेका “नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८“ सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिलेले आयोजना गरेको थियो ।
कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । यस सौन्द्धर्य प्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिष्पर्धाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका अधक्ष्य डेभिल सिंह राजपुत बताएका छन ।