११ स्थानबाट बागमती सफाइ

काठमाडौं । बागमती सफाइ महाअभियानको २७१औं हप्ताको सफाइ अभियान हिजो शनिबार सम्पन्न भएको छ ।

यो अभियानबाट अभिप्रेरति भएर उपत्यकाका ११ स्थानमा बागमती र सहायक नदीको पनि सफाइ अभियानहरु निरन्तर संचालन भैरहेका छन् भने चक्रपथ लगायतका सफाई अभियानहरु पनि संचालनमा छन् । देशैभरी करीब ९० स्थानमा सरसफाई अभियान सम्पन्न भएका छन् ।

२०७० साल जेठ ५ गतेबाट यो अभियान थालनी भई हालसम्म निरन्तर संचालनमा रही हालसम्म करिब १५ हजार मेट्रिक टन फोहोर ब्यबस्थापन गरीसकिएको छ भने यो अभियानमा करिब १० लाख ब्यतिmको सहभागीता भैसकेको छ ।

यो अभियानको थालनी भए पश्चात नेपाल सरकारको अंग अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समिति पनि कृयाशील भएर आयोजनाका कामहरु ढल निर्माण, बागमती किनारमा सौदर्यकरण बागमती करीडोर लगाएतका कामहरु सक्रियताका साथ संचालनमा भैरहेका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.