काठमाडौं । बिश्व बजारमा स्थापित हुदै गएको सोसल कमर्स प्लाटफर्म सगुनले विश्व बजारमा मिनीआइपिओ निस्कासन गरिरहेका बेला गैरआवासीय नेपाली संघ ९एनआरएन० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्टार्टअप कम्पनीमा आफ्नो क्षमता अनुसार केही रकम लगानी गर्नु उपयुत्त हुने बताएका छन् ।
नेपालीले अमेरिकामा स्थापना गरेको सगुनको बारेमा पहिलोपटक सार्वजनिक धारणा राख्दै रसियाका ठूला ब्यवसायी मध्येका महतोले आफ्नो व्यवहारलाई प्रभावित नगर्ने गरी संसारभर रहेका नेपाली समुदायलाई लगानी गर्न सुझाव दिएका हुन । स्टार्ट अपमा कम्पनीमा रिक्स जति छ रिटर्न त्यतिकै ज्यादा हुने उल्लेख गर्दै महतोले आफ्नो व्यवहार मिलाएर लगानी गर्न उपयुक्त हुने बताए ।
अपनत्वको भावना बढ्ने हुनाले सगुन जस्ता सामाजिक सञ्जालको प्लेटफर्म रहेको कम्पनीमा एकै जनाले १० लाख लगानी गर्नु भन्दा १ हजार जना मिलेर १ हजार डलर लगानी गर्नु उपयुक्त हुने बताए । ‘अमेरिका प्रविधि, सिस्टम र कानूनमा निकै अगाडि छ । त्यसैले ऊ संसारको लिडर भएर बसिरहेको छ,’ उनले भने, ‘पहिल्यै स्थापित भएको कम्पनीलाई मात्र आइपिओमा आउन दिने हो भने सर्बसाधारण लगानीकर्ताले त्यसको फाइदा लिन सक्दैनन् । त्यसैले अमेरिकाले कुनै पनि प्रोजेक्टको मूल्यांकन गरेर निश्चित रकमसम्म सुरुमै आइपिओमा लगानी गर्न दिने भनील्याएको नियम सराहनीय छ ।
हामी नेपालीले यस्तो नियम अन्तर्गत आएको नेपालीले शुरु गरेको कम्पनी सगुनलाई साथदिनु पर्छ ।’ सगुनमा पछिल्लो समय गैरआवासीय नेपालीहरुले लगानी गरिरहेका छन् । सगुनमा लगानी गर्नेहरुको संख्या ३५ सय नाघेको छ । सयमसीमा सकिन लाग्दा बिश्वभरबाट लगानीकर्ताहरु उत्सुक्ताको साथ सहभागि भइरहेका छन् । सगुनलाई मिनीआइपिओ मार्फत सेयर निष्काशन गरेर एक बर्ष भित्रमा २० मिलियन डलर उठाउन अमेरिकन सेक्युरिटीले एक्सचेन्ज कमिसनले स्वीकृति दिएको थियो ।
यस अन्तर्गत सो समयसीमा यही जुलाई २६ तारिकमा सकिदै छ । बिश्वभरका लगानीकर्ताले कम्तिमा एक हजार डलर लगानी गर्न सकिन्छ भने बढीमा बार्षिक आम्दानीको दश प्रतिशतसम्म लगानी गर्न सकिन्छ । आफ्नाहरुले शुरु गरेको कुरालाई नेपाली समुदायले प्रमोट गर्नुपर्ने महतोको भनाइ छ । ‘हामीले साथ दियौं भने मात्र अरु समुदायका मानिसले पनि साथ दिन्छन्, उनले भने, ‘त्यसबाट हुने मुनाफाको भागिदार पनि हामी आफैं हुन्छौं ।’
ग्लोबल कम्पनीमा सामाजिकिकरण गर्ने सगुनले युजरलाई उनीहरुले विताएको समयका आधारमा आफूले गरेको कमाइएको केही प्रतिशत नगद दिने भनी ल्याएको योजना निकै इनोभेटिभ भएको महतोको धारणा छ । सोसियल मिडियामा युजरहरुलाई रिवार्ड दिने कुरा पहिलो पटक आएको बताउँदै महतोले यस्तो आइडियाको नक्कल अरुले गर्न सक्ने भएकाले प्रगोगमा ल्याइ हाल्नु पर्ने बताए ।
उनले भने, ‘पहिलो बनेर पूर्ण प्रयोगमा ल्याउन सके यसमा अथाह अबसर छ ।’ सगुनको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै महतोले सगुनलाई उचाइमा पुयार्उन यसका संस्थापक गोविन्द गिरीले खेलेको भूमिकाको समेत प्रशंसा गरे । ‘गोविन्द गिरीले संसारको जुनसुकै स्थानमा राम्रो अबसर पाउन सक्नु हुन्थ्यो । उहाँलाई कहाँ काम खोज्ने, कति तलब पाउँछु भन्ने चिन्ता थिएन, उनले भने, मैले केहीकाम गरेँभने नेपालीको पहिचान बढ्छ भनेर उहाँले सगुनको विकास गर्नुभयो ।’ उहाँले देखेको सपनाले प्रगति गर्दा त्यसमा सधैं नेपाल र नेपालीको नाम जोडिदा हामीले पनि खुसी मान्ने दिन आउने उनको भनाइछ ।
लगानीलाई अब मुलुकको सीमाले नछेक्ने बताउँदै उनले सूचनाप्रविधिमा लगानी विश्वभरबाट जुटाउन सकिने बताए । नेपालीहरुले स्थापना गरेको सगुनमा संसारभरका गैरआवासीय नेपालीले आफ्नो क्षमता अनुसार लगानी गरेर सघाउन एनआरएनए प्रमुख संरक्षक महतोले आह्वान गरे । पछिल्लो समय सगुनका प्रयोगकर्ता २५ लाखभन्दा बढी पुगेका छन् । सगुनले निस्कासन गरेको मिनीआइपिओमा बैक खाता भएका ब्यक्ति तथा संस्थाबाट विश्वभरबाट कम्तिमा एक हजार डलर लगानी गर्न सकिन्छ ।
नेपाल भित्रबाट भने लगानी गर्न सकिदैन तर बिदेशमा बस्ने नेपाली भने यसबाट लाभान्वित हुनेछन् । सगुन डटकम र इन्भेष्टमा गएर क्रेडिट र डेविट कार्ड मार्फत वा बैकबाट वायर ट्रान्फर गरेर सगुनमा लगानी गर्न सकिन्छ । महतोसँगको गरिएको कुराकानीको भिडियो यहाँ हेनुहोस।