एजेन्सी । छिमेकी राष्ट्र भारतमा बलात्कारका घटनाहरु दिनहुँ सञ्चार माध्यमहरुमा आइरहन्छन् । भारतमा १२ वर्ष भन्दा कम उमेरका बालिकाहरुको साथमा बलात्कार गर्नेहरुलाई फाँसीको सजाय हुने कानुन बनिसकेको छ । यसै अनुरुप पहिलो पटक राजस्थानमा एक बलात्कारीलाई फाँसीको सजाय सुनाईएको छ ।
सो घटना घटेको ढेड महिनापछि अदालतले मुद्धाको सुनुवाई गर्दै आरोपी १९ वर्षीय पिंठु ठाकुरलाई मृत्युको सजाय सुनाएको हो । उने राजस्थानको अलवर भन्ने ठाउँमा ७ महिने बच्चीलाई बलात्कार गरेका थिए ।
न्यायधिश गजेन्द्र अग्रवालले भने, ‘ती बच्चीले सिर्फ रुन र हाँस्न मात्र आउँछ । उसको साथमा यस्तो अमानवीय हर्कत गर्नु मानवतालाई सिध्याउनु हो । जब उनी सोच्न सक्षम हुन्छन्, उसलाई महसुस हुन्छ कि यो धर्तीमा जन्मनु उनको लागि अभिषाप नै थियो । उनलाई कारावासको सजाय सुनाईयो भने गलत सन्देश जान्छ, त्यसैले मृत्युदण्ड नै उचित सजाय हुनेछ ।’
राजस्थानमा गत मे ९ तारिखका दिन लक्ष्मणगढको हरसाना गाउँमा एउटा घिनलाग्दो घटना घट्यो । नशामा रहेका ती १९ वर्षीय ठाकुरले छिमेकी एक महिलाको काखबाट सात महिनाको बच्ची खोसेर लगे । ती बच्चीकी आमा असक्त थिइन्, जसले देख्न सक्दिनन् । पछिल्लो ७३ औं दिनपछि अलवरको एससी/ एसटी विषेश न्यायलयले यस मुद्धालाई प्राथमिकतामा राखेर घटनामा संलग्न दोषीलाई फाँसीको सजाय सुनाएको हो ।
गत ‘मे’ ९ तारिख राति स्थानीयहरुले ती बच्चीलाई नजिकैको झाडीमा भेटाएका थिए । ती बच्चीलाई नाङ्गो बनाइएका थियो, भने रगतले लोतपोतिएको मृत अवस्थामा भेटिएको थियो । त्यहाँका स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीलाई ठाकुरलाई सोही राति गिरफ्तार गरेका थिए ।
१० ‘मे’ मा लक्ष्मणगढ प्रहरी चौकीमा पाक्सो एक्टमा मुद्धा दताए भयो र सोही चौकीका अधिकारी प्रह्लाद सहायले मुद्धाको चिरफार गर्दै आरोपी बिरुद्ध चार्जशिट दर्ता गराएका थिए । अदालतले आरोपी ठाकुरविरुद्ध धारा ३६३ अनुसार ५ वर्षको जेल सजाय, रु एक लाख जरिवाना र धारा ३७६ एबि अनुसार फाँसीको सजाय सुनाएको छ ।