काठमाडौं । ‘चंखे शंखे पंखे’बाट फिल्मबाट फिल्मकर्मीको रुपमा उदाएका सन्तोष सेनले ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ जस्ता हिट फिल्म ल्याईसकेका छन् । सेनको आगामी फिल्म ‘मेरी मामु’ सम्पूर्ण छायाङ्कन सकिएको छ । ३५ दिनको छायांकन सेड्यूअलमा फिल्मको सम्पुर्ण छायांकन सकिएको हो । बाल मनोविज्ञानमा आधारित यसै फिल्मबाट निर्माता सेनले आफ्नै ६ वर्षीय छोरा आयुव सेनलाई लिड रोलमा ब्रेक दिएका छन् ।
यो फिल्म आगामी भदौ १५ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदैछ । यसरी फिल्मको छायांकन सकिएसँगै निर्माता तथा कलाकार सेनले आफ्नो ध्यान भने रिलिज टार्गेट बनेको बताउँछन् । यो फिल्मको रिलिज मितिसहितको केही पोष्टरहरु केही समय अघिनै सार्वजनिक भईसकेका छन् ।
यो फिल्मको छायाङ्कन अगावै देखि प्रचार प्रसार हुदै आएको थियो, अब भन सुरु भईसकेको प्रचार प्रसारलाई तिब्रता दिने निर्माण पक्षको मनसाय रहेको छ । यसै साता ‘मेरी मामु’को शिर्ष गीत सार्वजनिक गरिने निर्माता सेनले जानकारी गराएका छन् ।
यो फिल्मलाई काठमाडौं, हेटौंडा, नारायणगढ, देवघाट लगाएतको ठाउँहरुमा छायाङुकन गरिएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । यो फिल्ममा आयुव सेनसँगै ‘प्रेमगीत २’ फेम अभिनेत्री अश्लेसा ठकुरी, शारुक ताम्राकार, कुसुम गुरुङ लगाएतका कलाकारहरु मुख्य भुमिकामा छन् । यसै ‘मेरी मामु’बाट कुसुम गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछन् ।
फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा लेखन पनि निर्देशक थापाकै रेहको छ । यो फिल्ममा भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी र कृजन गौतम र शुभम बिष्टको पनि मुख्य भुमिका रहेको छ ।
आसुसेन फिल्मसको व्यानरमा बनेको यस चौथो फिल्मले बाल मनोविज्ञान र आमा-छोराबिचको सम्बन्धलाई पर्दामा प्रस्तुत गर्नेछ ।