नेपालीका व्यक्तिगत सवारी विनारोकतोक भारत आवतजावत गर्न पाउने

काठमाडौं । नेपाल–भारतबीच व्यक्तिगत सवारीसाधन आवतजावतमा रहेको असमानता हट्ने भएको छ । अब नेपालीका व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको हो ।

यसअघि नेपालीका निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था थियो । तर, भारतीय सवारीसाधन भने नेपाली भन्सार बिन्दुमा निश्चित शुल्क बुझाएर नेपाल प्रवेश गर्दै आएका थिए । यो खबर अजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.