सन्तोष सेनको ‘चंखे-शंखे-पंखे’ देखि ‘प्रेमगीत २’ सम्मको फिल्मी यात्रा¸ अब कस्तो फिल्म ल्याउँदैछन् ?

काठमाडौं । २०७१ सालमा यो हाम्रो फिल्म उद्योगमा एउटा नयाँ नाम र नया ब्यानरको खुब चहलपहल देखिएको थियो । सामाजिक संजालका भित्ताहरु देखि सवारी साधनको भित्ताहरु सम्म¸ विभिन्न अनलाईन मिडियाहरु देखि अन्य सामाग्रीहरु मा त्यही नाम छरपस्टै देखिन्थ्यो, निर्माता सन्तोष सेन र आसुसेन फिल्मसको ।

यी व्यक्तिले आफ्नो यो व्यानरहरुमा निकै महंगो बजेटमा फिल्म निर्माण गर्दै थिए । चल्तापुर्जा निर्देशक सुदर्शन थापाको निर्देशनमा फिल्म ‘चंखे(शंखे(पंखे’ को व्यापक प्रचार प्रसार गरिएको थियो । यो फिल्मको बजेट पनि निकै माथीको थियो । २०७२ सालमा यो फिल्म रिलिज पनि भयो तर त्यही साल आएको विनाशकारी महाभुकम्पको कारण यो फिलम हलबाट बाहिरियो र केही महिना पश्चात पुनः यो फिल्म हलहरुमा प्रदर्शनको लागि रिलिज गरियो ।

देशभक्तिको कथा समेटिएको यो फिल्ममा चारजना बेरोजगार युवाहरुको क्रियाकलापलाई देखाईएको थियो तर फिलम आशा गरेअनुरुप व्यापार गर्न सकेन । फिल्म नचले पनि सन्तोष सेनको नाम फिल्म नगरीमा स्थापित हुनपुग्यो र पहिलो फिल्मबाट व्यापार घाटा भएपनि उनले पुनः थापाकै निर्देशनमा अर्को फिल्म निर्माणको घोषणा गरे र फिल्म निर्माण पनि भयो ।

त्यस फिल्मको नाम थियो प्रेमगीत । विशुद्ध प्रेमकथामा आधारित भएर निर्माण भएको यस फिल्मको गीत संगीत फिल्म रिलिज अगावै निकै हिट भएका थिए । फिल्मले पनि निकै राम्रो व्यापार पनि गर्न सफल भयो र यस फिल्मले निर्माता सेनलाई कन्जुस्याँई नगर्ने निर्माताको रुपमा थप स्थापित गराईदियो ।

काठमाडौ¸ पोखरा र मुस्ताङका रमणीय स्थानहरुमा छायांङ्कन गरिएको यो फिल्म हेर्नका लागि पनि निकै नै सुन्दर बनेको थियो । यस फिल्म दर्शकहरुले निकै रुचाईदिएपछि यही फिल्मको सिक्वेलको रुपमा पुनः अर्को फिल्म निर्माण भयोः ‘प्रेमगीत २’ ।

​फिल्म ‘प्रेमगीत २’ पनि विशुद्ध प्रेमकथामा आधारीत फिल्म थियो तर यसमा प्रेमका विभिन्न उतारचढावहरु तथा बदलाको भावना लाई पनि मिसाईएको थियो । मुख्य नायकमा अघिल्लो फिल्मकै नायक प्रदिप खड्का दोहोरिएका थिए भने नायिकामा अश्लेषा ठकुरीले पहिलो पटक अभिनय गरेकी थिईन । ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’का स्क्रिप्ट राईटर रामशरण पाठकको काधमा यस फिल्मको निर्देशनको जिम्मेवारी परेको थियो ।

एउटा नेपाली भाषी बर्मेली युवतीको नेपाली केटासँगको प्रेम अनि प्रेम प्राप्तिको लागि थाईल्याण्डमा गर्नुपरेको संघर्षलाई यस फिल्मले मुख्य विषय बनाईएको थियो । बर्मा देखि थाईल्याण्ड र नेपालको मुर्मासम्मको प्रेमिल यात्रालाई यस फिल्ममा निकै आकर्षक ढंगले प्रस्तुत गरिएका कारण यस फिल्म वर्षको सर्वाधिक सफल फिल्महरुको सुचिमा पर्न पनि सफल भयो ।

प्रेमकथामा धेरै फिल्महरु बने पनि यस फिल्ममा प्रेमकथा लाई अलग्गै ढंगले प्रस्तुत गरिएको थियो । यसरी लगातार एकपछि अर्को फिल्म निर्माण गर्दै आएको आशुसेन फिल्मस र निर्माता सेन यस फिल्मको सफलता पश्चात साच्चै नै फिलम उद्योगको एउटा दरिलो मेरुदण्ड बनेका छन् । अहिलेको अवस्थामा यस्तो पनि आएको छ कि दर्शकहरु यस ब्यानरबाट अब अर्को फिल्म कहिले निर्माण हुन्छ भनेर सोच्न थालेका छन् । यही मेसोमा निर्माता सेन एउटा बिल्कुलै अलग विषयमा आफ्नो चौथो कोशेलीको रुपमा ‘मेरी मामु’ शिर्षकमा फिल्म लिएर यही भदौ १५ गते सिनेमा हलहरुमा आउदैछन् ।

आमा र छोराबीचको सम्बन्धको बारेमा अनि एउटा कलिलो उमेरको बच्चाको मनोविज्ञानमा आधारीत रहेर यो फिल्म निर्माण हुदैछ । बच्चा र आमाबीचको दुरीको कारण बच्चाहरुमा देखिने समस्या ईलेक्ट्रा कम्प्लेक्स लाई यस फिल्मले पर्दामा प्रस्तुत गर्नेछ ।

​आमा र छोराकोबीचको सम्बन्ध¸ उतारचढावको बारेमा धेरै फिल्म बने होलान विदेशमा । यहा पनि केही एकाँध फिल्म बनेका छन तर एउटी महिला किन आमा बन्न चाहन्छे ? कस्तो सन्तानको आशा राख्छे ? कतिसम्म त्याग गर्ने सक्छे आफ्नो सन्तानको लागी ? सन्तान जन्माएर मात्र आमा कहलिन्छे वा कहलिन्नन् ? अन्य बच्चामा पनि आफ्नै सन्तानको प्रतिविम्ब देख्छे या देख्दिनन् ? अनि एउटा बालक जो आफ्नो जन्मदिने महिलामा मात्र आमाको रुप देख्छन् रु अरु महिलालाई किन नकारात्मक देख्छन् रु शब्दमा शाब्दिक तर्कहरु प्रस्तुत गर्न नसके पनि उस्ले कस्तो खालको ममता चाहेको छ ?

जो आफुसंग छैन किन उसैलाई मात्र सम्झिन्छ र जस्ले अगाध माया गर्छे उस्मा किन आमाको रुप देख्दैन ?  यिनै एउटि ममतामयी आमा र अबोध बालकबीचको अन्तरद्धन्द¸ माया खोजिरहेको मायाको भोको र माया बाँड्न नपाएकी महिलाबीचको मनोबैज्ञानिक कारणहरुमा केन्द्रित रहेर निर्माण हुदै गरेको फिल्म हो ‘मेरी मामु’ । के बच्चा जन्माउनु मात्र आमा बन्नु हो त ? आमा शब्दको परिभाषा बयान गरेर साध्य छैन । किन र के कारण ले एउटा बच्चाले अरु महिलामा आमाको रुप देख्न सक्दैन रु के चाहन्छ उ ? आफ्नो लागी अहोरात्र मरिमेटने महिलालाई किन उ आमा भन्न सक्दैन रु किन सम्बन्ध टिक्न सकिरहेको छैन ?

थी यावत प्रश्नहरुको सहज उत्तर हो यो फिल्म । स्क्रिप्ट लेखनमा निकै समय खर्च गरेको आसुसेन फिल्मसले यस फिल्मलाई अब्बल बनाउन कुनै सम्झौता नगर्ने बताएको छ । फिल्म मात्र ढाईघण्टा मनोरन्जनको लागि मात्र नभएर हलबाट निस्किसकेपछि त्यसबाट केहि कुरा सिकेर जिवनमा लागु गर्न सके मात्र सम्बन्ध मजबुत हुन सक्नेछ । प्रस्तुतिकरण कस्तो छ रु मेरी मामु शिर्षकलाई कसरी परिभाषित गरिएको छ रु भन्ने प्रश्नलाई भाद्र १५ गते पक्कै पनि हामिले नियाल्न पाउने नै छौं ।

 

Leave a Reply

Your email address will not be published.