काठमाडौं । दिनेश श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘चि मुसी चि’ को नयाँ गीत रिलिज भएको छ । फिल्मको ‘आउँ आज मायाको’ गीतको भिडियो सार्वजनिक भएको हो । यो गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ, भने सुरज अधिकारीको शब्द संगित रहेको छ ।
११ साउनबाट रिलिजमा आउँदै गरेको फिल्म ‘चि मुसी चि’ले रिलिज मिति नजिकिँदै गर्दा यस नयाँ गीत सार्वजनिक गरेको हो । गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माको आकर्षक नृत्य गरेका छन् । गीतको कोरियोग्राफी सुनिल आफैंले गरेका हुन् । सुनिल र अलिशा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।
यी दुबै नृत्य क्षेत्रको चर्चा पछि अभिनयमा भित्रिएका हुन् । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको फिल्म कार्यकारी निर्मातामा शिवराज कार्की हुन्, भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेका छन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ ।