एमालेले गिजोलेका कारण एमसीसीमा समस्या आएको प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

आज जनकपुरमा नेकपा ९माओवादी केन्द्र० प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने बताए ।

उनले सरकार विस्तार बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा९एकीकृत समाजवादी० पार्टीका कारण नअड्किएको बताए ।

प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०भन्दा महत्वपूर्ण पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्दै उनले आफूहरूका लागि एमसिसीभन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताए ।

उनले भने, ुलोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो। एमसिसीका कारण गठबन्धन फुट्दैन ।’

उनले आफूहरू एमसिसीविरूद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिए ।

अघिल्लो सरकारका अर्थमन्त्रीले एमसिसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएको ‘प्रचण्ड’को भनाइ थियो ।

उनले एमसिसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै यसको लागि हतार गर्न नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *