माधव नेपाल नेकपा एसको संसदीय दलको नेता चयन 

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।

पार्टीको आइतवार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । त्यस्तै, बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा एसका  नेता बिरोध खतिवडाले जानकारी दिए ।

बैठकले दलको विधान निर्माण गर्नका लागि भवानी खापुङ, शेरबहादुर कुँवर, निरा जैरु, ठगेन्द्र पुरी र लक्ष्मी चौधरी रहेको विधान मस्यौदा कमिटी पनि गठन गरेको छ ।

त्यसैगरी, बैठकले पार्टीको तर्फबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष तथा संसदीय दलका नेता नेपाललाई दिएको पनि नेता खतिवडाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *