बाग्मतीमा नयाँ प्रदेश प्रमुख

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा शुक्रवार अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उनले प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।

त्यसअवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *