बढ्यो कोरोना संक्रमण : आज ३७ को मृत्यु, ४ हजार संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो । यो सँगै हालसम्म देशभर ९ हजार ९९४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, २४ घण्टामा तीन हजार ९३८ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार १८ हजार ४०८ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

२४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ रहेको छ । यससँगै हालसम्म ६ लाख ६३ हजार ६६३ संक्रमणमुक्त भइसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमित ३४ हजार ४२२ जना रहेका छन् ।

आज उपत्यकामा १ हजार ७५ नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर चार हजार १०७ जनामा संक्रमण र ३५ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *