२४ घण्टामा दुई हजारबढी संक्रमित, २२ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

यस्तै, उक्त अवधिमा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् भने १४ सय ३२ जना संक्रमणमुक्त भएका छन्।

२४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

यससँगै हाल देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *