रोग–व्याधि लाग्ने कारण आरोग्यताका उपायहरु

  • हेम लक्ष्मी श्रेष्ठ

मानिस जन्मेपछि मृत्यु अवश्यम्भावी छ । तर बाँचुन्जेल कसरी बाँच्ने भन्ने उसको व्यवहार, आनी बानीमा भर पर्छ । कुनै कुनै व्यक्ति जन्म सँगै रोग व्याधि लिएर जन्मेका हुन्छन् भने कोही व्यक्ति बढ्दो उमेर सँगै उसको खानपान, रहन सहन, आचार विचार तथा व्यवहारका कारणले रोग ग्रस्त हुन्छन् । व्यक्तिले त्यसबेला कस्तो आहार लिन्छ उसको विचार अनि व्यवहार पनि उस्तै हुन जान्छ । कोही कोही व्यक्ति पथ्यआहार नलिई अपथ्यआहार लिन्छन् मात्र जिब्रोको स्वादका लागि । जसका कारण व्यक्ति रोगी हुन्छन् । मानिसको उमेर जति जति बढदै जान्छ वयस्क हुँदै परिपक्व हुदै जान्छ उसमा सोच्ने शक्ति वा क्षमताको पनि विकास हुँदै जान्छ । कोही कोही व्यक्ति गलत सोचका कारण पनि मनोरोगी हुन पुग्दछन् । यसरी रोग व्याधि मानिसको शरीरमा प्रवेश गरिसकेपछि अस्वस्थ हुंदै मनोरोगी पागल अवस्थामा पुग्न सक्छन् भने अन्य रोग र पागलपनका कारण मानिसको जिवनलिला नै समाप्त समेत हुन सक्छ ।

विभिन्न विचारक तथा व्याख्याकारले रोग लाग्ने कारण फरक फरक बताएका छन् । आयूर्वेदका अनुसार बात, पित्त र कफको मात्रामा समन नभै कुनै एक दोष मात्र पनि बढी भएमा व्यक्तिको शरीरमा रोग लाग्दछ ।

‘बयुः पित्तं कफश्चेति त्रयो दोषाः समासतः
विकृताविकृता देहं धनन्ति ते वर्तयन्ति च ।’

(Vaayu/Vaat, Pitta and Kapha are the three doshas in brief, they destroy and support the body when they are abnormal and normal respectively.)

हजारौं बर्ष पहिले आचार्य सुश्रुतबाट परिभाषित स्वास्थ्यका बारेमा आज पनि उत्तिकै सान्दर्भिक छ । आधुनिक समयमा विश्व स्वास्थ्य संगठनले धेरै पटक सुधार गरे पश्चात दिइएको स्वास्थ्यको परिभाषा आचार्य सुश्रुतको परिभाषा सँग आश्चर्यजनक रुपमा मेल खान्छ ।

” Health is a state of complete physical, mental, spiritual and social wellbeing and not merely the absence of disease or infirmity ” – WHO (physical or mental weakness).

स्वास्थ्यको उपर्यूक्त शारीरिक, मानसिक, ऐन्द्रियक तथा आध्यात्मिक पक्ष्यका अतिरिक्त एक अन्य महत्वपूर्ण पक्ष्य हो सामाजिक स्वास्थ्य । आयूर्वेदमा यस पक्षको व्याख्या आयुका मूलभूत लक्षणहरुको सन्दर्भमा गरिएको पाईन्छ ।

तैतरिय उपनिषदका अनुसार मानव शरीरमा पाँचवटा तह वा कोशहरु रहेका छन् । ति हुन् अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोश । यि सबै कोशहरु एक आपसमा सम्बन्धित छन् । अर्थात एउटा कोशमा परेको असर अन्य सबै कोशमा देखा पर्छ । कहिले काहिं भौतिक रुपमा शरीरमा कुनै प्रकारको लक्षण देखा पर्दैन । तर मानवका असिमित इच्छाहरु निरन्तर वृद्धि हुने र त्यसलाई पुरा गर्न नसक्दा मनभित्र दवाएर राख्नाले मानसिक रोग लाग्छ र पछि गएर त्यो विस्तारै भौतिक रुपमा शरीरमा देखा पर्छ । मानव वास्तविक खुशी के हो भन्ने अज्ञानताका कारण गलत कर्म गर्न थाल्दछन् । जस्तोः शरीरलाई चाहिने भन्दा बढि खानु, समयको ख्याल नराख्नु, अर्थात सुत्ने र उठ्ने समय नमिल्नु, अस्वस्थकर बसाई, खराब विचार तथा व्यवहार, अस्वस्थकर भोजन आदि । यसले गर्दा भौतिक रुपमै रोगले जरो गाड्दछ जसलाई व्याधिज भनिन्छ ।

योेग वशिष्ठका अनुसार त्यहाँ दुई प्रकारका रोगहरु अर्थात व्याधिहरु हुन्छन् । पहिलो हो अनाधिज व्याधि र अर्को आधिज व्याधि । वाहिरि वातावरण वा वाहिरि कारणले हुने रोगहरु जस्तो चोटपटक, घाउ, विषालु पदार्थ, जिवाणु , जस्तो अहिले भैरहेको कोराना भाईरसको संक्रमण आदि जस्ता रोगहरु अनाधिज व्याधि भित्र पर्छन् ।

आनन्दमय कोशमा व्यक्ति आफ्ना सम्पूर्ण कार्यहरुको सन्तुलनका साथ र अखण्ड खुशीका साथ स्वस्थ रहन्छ । विज्ञानमय कोशमा पनि केहि गति हुन्छ तर त्यहां त्यो गति सहि दिशा तिर निर्देशित हुन्छ । योग वशिष्ठका अनुसार मनोमय कोशको तहमा असन्तुलन शुरु हुन्छ । अनि यस तहमा चाहिने नचाहिने कुराहरु अझ भनौ मनपर्ने र मन नपर्ने जस्ता कुराहरु मनमा खेल्छन् । मनोमय कोशको यो तहमा हुने यस्ता खाले व्यवहारले हामी माथी शासन हुने गर्दछ र प्राय ति व्यवहार गलत दिशा तिर उन्मुख हुन्छ । जस्तो कुनै व्यक्तिलाई गुलियो खान मन लाग्यो जसलाई सुगर छ र डाक्टरले खान मनाहि गरेको छ भने पनि डाक्टरको विरुद्धमा गएर खान मन लोभिन्छ । यसरी के कुरा सहि हो भन्ने विरुद्धमा गएपछि त्यसले मनमा असन्तुलन पैदा गर्दछ । यस्तो असन्तुलनले मानसिक रोगलाई निम्त्याउँछ , जसलाई आधिज व्याधि भनिन्छ । अर्थात आन्तरिक कारणले हुने रोगलाई आधिज व्याधि भनिन्छ । आधिज व्याधि पनि दुई प्रकारका छन् । सारा आधिज व्याधि र सामान्य आधिज व्याधि । सामान्य शारीरिक आन्तरिक कारणले हुने रोगहरु हो भने सारा जन्म र मृत्यु सँग सम्बन्धित हुन्छ । साधारणतया सामान्य आधिज व्याधि विश्व सँग अन्तर्कि्रयाका दौरान पेैदा हुन्छ जसलाई Psychosomatic व्याधि भनिन्छ । मनोमय कोशको असन्तुलनका कारणले रोग शुरु हुन्छ, मनको अतिवादि अनियन्त्रित गति वा वेगले प्राणको कार्यमा असन्तुलन पैदा गर्दछ । प्राणमा भएको असन्तुलन शररिको कुनै भागमा गएर अवस्थित हुन्छ र शरीरमा रोग उत्पन्न हुन्छ । यसैलाई सामान्य आधिज व्याधि भनिन्छ ।

जहां वातावरण शान्त हुन्छ, मन प्रशन्न हुन्छ त्यहाँ हरेक प्रकारका रोग जस्तो आधिज र अनाधिज व्याधि जस्तो बाट हामी मुक्त हुन्छौ । वास्तवमा हाम्रो वातावरण, प्रकृति सबै खाले रोगबाट मुक्त छ । हाम्रो मनको अनियन्त्रित गतिका कारण हामी यस प्रकृतिका आनन्दले रहन सक्तैनौ । यदि त्यहां आनन्दमय कोश र विज्ञानमय कोशमा ठिक तवरले सन्तुलन भएमा त्यहां कुनै प्रकारको रोग हुंदैन ।

सम्पूर्ण अस्तित्व सत् चित् र आनन्द रुपी ब्रम्हबाट बनेको छ । जसको सानो अंश हामी पनि हौं । तर हामी हाम्रो मनको वेग वा वृत्तिका कारणले आफ्नो स्वरुपमा स्थित छैनौं । मनको अत्यधिक बेचैनिबाट वा संस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रकृयालाई रोगको प्रसव भनिन्छ भने रोग तथा मनका विकारहरुबाट मुक्त भई आफ्नो स्वरुप वा होशपूर्ण आनन्दमा फर्कनु प्रतिप्रसव हो । र यो प्रतिप्रसव नै योग चिकित्सा हो ।

आरोग्यताका उपायहरु :

सबैखाले मनका रोगहरुको एक मात्र उपचार योग हो । मनको निरोगिता नै शरीरको निरोगिता हो ।
पतञ्जलिका अनुसारः योगश्चित्तवृति निरोधः । (प.यो.सू.१।२) अर्थात योगले चित्तमा भएका वृति (राम्रा नराम्रा) सबैखाले लाई निरोध गर्दछ ।

भगवद्गीताका अनुसारः योगः कर्मशु कौशलम् । गीता (२।५०) अर्थात कर्मको कौशलता योग हो ।
महोपनिषदका अनुसारः मनः प्रशमनोक्पायः योग इत्यभिधीयते । (महो.५।४२) अर्थात मनको प्रशमन गर्ने उपायलाई योग भनिन्छ ।

समत्वं योग उच्यते । (गीता २।४८) अर्थात सुख दुख, हानि लाभ, सफलता असफलता आदि द्वन्दहरुमा सम रहेर निष्काम भावद्वारा कर्म गर्नु योग हो ।

‘नरो हिताहारविहारसेवी समीक्ष्यकारी विषयेष्वसक्त ।
दाता समः सत्यपरः क्षमावानाप्नोपसेवी च भवत्यरोगः ।।’

(The man who uses wholesome diet and behaviour, moves cautiously, is unattached to sensual pleasure, denotes, observes equality, is truthful, forbearing and denoted to the person of authority becomes free from diseases.)

‘मतितर्वचः कर्म सुखानुबन्धं सत्वं विधेयं विशदा च वुद्धिः ।
ज्ञानं तपस्तत्परता च योगे यस्यास्ति तं नानुपतन्ति रोगाः ।।’

(One who is endowed (सम्पन्न) with excellent intellect, speech and action leading to happy consequence, submissive mind, clear understanding, knowledge, penence(तपस्या)

and continued effort in yoga, does not fall a victim to diseases.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *