वामदेवको मुद्धा फेरी हेर्दाहेर्दैमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिद्वारा मनोनित गरिएको विरुद्धमा सर्वोच्च अदलालतमा परेको रिटमाथिको सुनुवाई फेरी हेर्दाहेर्दैमा राखिएको छ ।

शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब उक्त मुद्दामा आगामी बुधबार थप सुनुवाई हुनेछ । यसअघि गत बुधबार पनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा रखिएको थियो।

गौतमको राष्ट्रिय सभा सदस्यको मनोनयन विरुद्ध गत असोज ४ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग गरिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले गौतममाथिको रिट हेर्दाहेर्दैमा राखेको थियो ।

यसअघि रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *