सहयात्रा संचार समुह तथा झेजिआङ डेली प्रेस ग्रुपका बिच संचार सहकार्य

काठमाडौं । सहयात्रा संचार समुह तथा जनगणतन्त्र चीनको झेजिआङ डेली प्रेस ग्रुपका बिच संचार सहकार्यका लागि सम्झौता भएको छ ।

सहयात्रा संचार समुहद्वारा हाल नेपाली भाषामा jandisha.com तथा TV Jandisha युट्युब च्यानल सन्चालित छन् । जसमद्धे jandisha.com फरक बैचारिक धारका कारण छोटो समयमै रास्ट्रीय र अन्तररास्ट्रीय पाठकका बिच स्थापित हुन सफल भएको छ भने चीनको ह्वाङजाओ स्थित झेजिआङ डेली प्रेस ग्रुपद्वारा छापा, टेलिभिजन, रेडियो र अनलाइन तथा मोबाइल एप्स सन्चालनमा छन् । उक्त ग्रुपको ग्लोबल समाचार साइट inzj.zjol.com अंग्रेजी भाषामा सन्चालित छ ।

सम्झौतासँगै आगामी दिनमा सहयात्रा संचार समुह तथा झेजिआङ डेली प्रेस ग्रुपद्वारा सन्चालित आ-आफ्ना संचार माध्यममा एकअर्काका समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्न पाउने छन् ।

सम्झौतापत्रमा दुबै पक्षको हस्ताक्षर पश्चात आफूहरुलाई नयाँ उत्साह र हौसला प्राप्त भएको सहयात्रा संचार समुहका अध्यक्ष तथा jandisha.com का प्रधानसम्पादक बासु देव मिश्रले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *