घरायसी बिषयमा राष्ट्रिय बक्सिङ्ग खेलाडी राईमाथि सासुले गरिन् सांघातिक आक्रमण

काठमाडौं । माघ १७ गते बेलुका राष्ट्रिय बक्सिङ्ग खेलाडी प्रमिला राईमाथि सांघातिक आक्रमण भएको छ । नागार्जुन नगरपालि –२ का बस्ने प्रमिलाकी सासु सितल मोक्तान र नन्दले घरायसी बिषयमा कुरा हुदा उनि माथि धारिलो हतियारले आक्रमण गरेका हुन् ।

उनीहरुको आक्रमणमा परि राईको टाउकोमा गम्भीर चोट लाग्नुका साथै ढाड र तिगरामा चोटको निलो डाम समेत लागेको छ । घाइते राईको अहिले मनमोहन मरमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

सासु र ससुराले आफु माथि लामो समयदेखि मानसिक तनाव दिदै आएको प्रमिलाले जनदिशालाई बताइन् । प्रमिलाका ससुरा लंकेश लामा नागार्जुन नगरपालिका २ का वडा सदस्य समेत हुन् ।

प्रमिलाले महानगरीय प्रहरी प्रभाग स्वयंभूमा जाहेरी दिए पनि प्रहरीले साक्षीको भरमा अभियुक्तलाई एक रात प्रहरी हिरासतमा राखेर छाडेको राईले बताईन ।

उनी बक्सिङ्ग खेलाडी भएकाले प्रहरी प्रभागमा सासु र नन्दले कुटपिटे गरेको जाहेरी उनी भन्दा पहिला नै दिएको राईले बताईन् । अपराधी खुलेआम घुमिरहे पनि प्रहरीले पक्राउ नगरेकोमा राइले आपत्ति जनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *