२४ लाखसहित दुई भारतीय पक्राउ

विराटनगर । सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९ का २८ वर्षीय सनोज कुमार साह र ५० वर्षीया सुशीला देवी गुप्ता साह रहेका छन् । जाँचका क्रममा बिआर३८एच ६१४२ नंको भारतीय सुजुकी कारमा रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

हुण्डिमार्फत नेपालबाट भारत पठाइएको रकम भुक्तानी गर्न ल्याइएको आशङ्का गरिएको छ । उनीहरुको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा चार हजार ९०० भारतीय रुपैयाँ बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *