निषेधाज्ञा: भोलिदेखि उपत्यकामा थप कडाइ गरिने

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ। कोरोना संक्रमण झन् बढेको र निषेधाज्ञा उलंघनको क्रम नरोकिएको भन्दै स्थानीय प्रशासनले कडाइ गर्न लागेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले निषेध आदेश थप कठाइ गर्न तयारी गरिएको जानकारी दिए। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले भोलि थप कडाइ गर्दै नयाँ आदेश जारि गर्ने तयारी भएको उनले बताए।

‘निषेध आदेश थप कडाइ गर्नुपर्ने देखिएको छ। यसबारे मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रजिअहरूको बैठकले यसबारे निर्णय गर्छ,’ प्रजिअ पराजुलीले भने।

पराजुलीका अनुसार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आवागमन र पसल खोल्ने समयलाई सीमित बनाउने गरि अर्को आदेश जारी गर्ने तयारी भैरहेको छ ।

उनले निषेध आदेशको अवधि थप गर्ने तयारी समेत अघि बढाइएको बताए। मंगलबार तीनै जिल्लाका प्रजिअहरूको बैठकले निषेध आदेश लम्ब्याउने विषयमा निर्णय लिनेछ। यसअघि जारी गरिएको निषेध आदेश बुधबार राती समाप्त हुँदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *