कोरोनाको नयाँ रेकर्ड: एकैदिन थपिए ५७ सय बढी संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका बेला शनिबार अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन्।

गत २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालामा हालसम्मकै उच्च हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर एकैदिन १९ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकसंख्या ३ हजार २ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २ लाख ८२ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्रै १२ सय ८७ जना कोरोनामुक्त भइ घर फर्किएका हुन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ रहेको छ भने ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसअघि शुक्रवार नेपालमा एकैदिन ५७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने ३३ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *