पत्रकारलाई सूचना विभागकै कार्ड चाहिने

काठमाडौं । निषेधाज्ञामा रिपोर्टिङ तथा बाहिर निस्कन पत्रकारलाई अब सूचना विभागकै पास चाहिने भएको छ। आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञालाई थप कडाइ गर्दै पत्रकारलाई सूचना विभागको पासलाई मात्रै मान्य हुने निर्णय गरेको हो।

यसअघि कुनै पनि मिडिया हाउसको आइडी कार्ड प्रयोग गर्न पाइने व्यवस्था गरिएको थियो। तर आज बसेको बैठकले पत्रकारहरुलाई थप कडाई गर्दै सो निर्णय गरेको हो।

बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *