कोरोना संक्रमण भएपछि एमाले नेता खनाल अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमण देखिएपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

सङ्क्रमण भएपछि खनाललाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

सङ्क्रमणको दोस्रो लहर आएपछि सङ्क्रमण तीब्ररुपमा बढेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *