कोरोना अपडेट : आज झन्डै पाँच हजार संक्रमित, ३५ जनाको ज्यान गयो

काठमाडौँ । कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप चार हजार ९२८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको १३ हजार ५६० जनाको परीक्षणमा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । यसमा १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा क्रमशः चार हजार ८३१ र ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र एक हजार ५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा एक हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । त्यस्तै, बाँकेमा ४८९ संक्रमित थपिएका छन् । कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ जनामा संक्रमण भेटिएको छ ।

बिहीबारसम्म नेपालमा संक्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा थप ८८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार १६७ पुगेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ ।

अहिले देशभर ३४ हजार ११७ सक्रिय संक्रमित छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै आज कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २४६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *