भन्सार एजेन्ट व्यवसायीले सुरु गरे चरणबद्ध आन्दोलन

काठमाडौं । भन्सार एजेन्ट व्यवसायीले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । भन्सार एजेन्ट प्रतिनिधिका पेशागत संरक्षण माग राखी एजेन्ट व्यवसायीहरुले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । दुई दशक देखि कार्यरत भन्सार एजेन्टका प्रतिनिधिहरुलाई सरकारले एजेन्ट सरह मान्यता दिई इजाजत पत्र दिइनु पर्ने, सरकारको यस कदमबाट उनीहरुको भविष्य अन्यौलमा परिदिएको उनिहरुको भनाइ छ ।

उनिहरुका अनुसार नयाँ एजेन्ट नियुक्तिमा कार्यरत एजेन्टका प्रतिनिधिलाई प्राथमिक्ता दिईनु पर्ने माग राखी अर्थमन्त्रालय अन्तर्गतका भन्सार विभाग लगायतका निकायहरुसंग पटक–पटक गरिएका छलफलमा आश्वासन दिइएको थियो । तर त्यसको ठिक बिपरित भन्सार विभागले गत चैत १६ गते ६ सय ६० नयाँ एजेन्टका लागि विज्ञापन गरेको थियो ।

वार्ताबाट निकास आउने आशमा रहेका एजेन्ट प्रतिनिधिलाई सरकारबाट पेशागत संरक्षण नभए पछि बाध्य भई चरणबद्ध आन्दोलनमा उत्रिनुको बिकल्प नरहेको, सरकारको यस गैर जिमेवार कदमबाट निजि क्षेत्र निरास मात्र होइन रुष्ट समेत हुनु परेको छ । भन्सार प्रशासनलाई प्रविधि मैत्री बनाउँदै हस्त लिखित प्रज्ञापनपत्रबाट आसिकुडा वल्र्ड सफ्टवेयर प्रयोगमा रुपान्तरण गरिएपछि एजेन्टहरुबाट सोही अनुरुप कार्यक्षमता प्रस्तुत गर्दै भुकम्प तथा कोरोना महामारी अवधिमा समेत ज्यानको बाजी थापेर एजेन्ट व्यवसायीहरुबाट वाणिज्यमा सहजीकरण गरि सरकारको प्रत्येक कदममा साथ दिइएको स्मरण गराइएको भन्सार एजेन्ट महासंघ नेपालद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

बि.स २०५४ साल देखि हाल सम्म एजेन्ट इजाजत प्राप्त लिनेको सख्ंया ५ सय ८६ पुगेका छन् । जस मध्ये केही पेशाबाट बाहिरिएका छन् तथा केहीको मृत्यु भैसकेको छ । सरकारको प्रत्यक्ष कर असुली प्रणालीमा सहभागी भई एजेन्ट व्यवसायीबाट करिब ५२ प्रतिशत भन्सार कर असुलीमा राज्यलाई सघाएको छ । एजेन्ट व्यवसायमा प्राविधिक शिप भएका व्यक्तिहरुको आवश्यक्ता पर्नेगर्छ । एजेन्टका प्रतिनिधिहरु वषौं देखि यहि क्षेत्रमा एजेन्ट व्यवसायीको हैसियतले संलग्न भएकाले राज्यको कर चुहावट नियणत्रणमा प्रतिनिधि सहायक हुने गरेका छन् । त्यस कारण नयाँ एजेन्ट नियुक्तमा महासंघले घोर आपत्ति जनाएको बताइएको छ ।

एजेन्टलाई कम्पनीको स्वरुपमा रुपान्तरण गरिए यो पेशा थप मर्यादित तथा व्यवस्थीत हुनेछ । तर भन्सार ऐन तथा नियमावलीमा रहेका विभेदकारी ऐनको संसंोधनमा समेत सरकारी अलमल देखिएको छ । भन्सार विभागको बद्नियतपूर्ण विभेदकारी कदमबाट एजेन्ट पेशामा धक्का पुगेकोले घोर भत्र्सना गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
सरकारको यस कदमलाई तत्काल सच्याउन ध्यानाकर्षण गराउँदै महासंघका उपाध्यक्ष काशिराज उपाध्यायको संयोजकत्वमा संर्घष समिति गठन गरि चरणबद्ध आन्दोनल सुरु गरिएको बताइएको छ । यस आन्दोनलबाट हुने भन्सार असुलीको नोक्सानीमा सरकार आफै जिम्मेवार रहने महासंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *