आज बुढानिलकण्ठमा तीन दल बस्ने

काठमाडौं। नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग छलफल गर्दै छ। कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन्।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठनबारे साझा धारणा बनाउन छलफल गर्न लागेको कांग्रेसले जनाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो।

सत्ता समिकरणबारे छलफल गर्न सबै विपक्षीहरुको सँयुक्त बैठक हुन लागेको यो पहिलो पटक हो। यसअघि दुई दलबीच छलफल भए पनि ती छलफलहरु निष्कर्षबिहीन बनेका थिए।

आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठनको पहल गर्ने निर्णय गरेको कांग्रेसलाई नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपाको साथ अनिवार्य हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *