नेपाल-खनाल समूहले भोली अभियान घोषणा गर्ने

काठमाडौं। नेकपा एमाले नेपाल-खनाल समूहले राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदन कर्यकर्ता माझ लैजाने भएको छ।

शुक्रबार कलंकीमा बसेको सो समूहको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायतका अभियान चलाउनेसमेत निर्णय गरेको छ। अभियानको घोषणाका लागि भोलि शनिबार पुन: बैठक बस्ने पार्टीका एक स्थायी कमिटी सदस्यले बताए।

शुक्रबारको बैठकमा ओली समूहको एमालेले पार्टीका उपमहासचिव घनश्याम भूसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरेको कारवाहीको घोर भर्त्सना गरेको छ।

बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले एमालेको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएर कारवाही गरेको निष्कर्ष निकालेको बताइएको छ। यसले अध्यक्ष ओली पार्टी विभाजित गर्न उद्धत रहेको भन्ने पुष्टि गरेको पनि बैठकले निष्कर्ष निकालेको छ।

त्यस्तैगरी आजको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा विभिन्न टोलीबाट आएका सुझावहरुको राजनीतिक प्रतिवेदनमाथि छलफल पनि गरेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *