बंगलादेशी र पाकिस्तानीले बेलायत छिर्न नपाउने

काठमाडौं। बेलायतले कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न चार मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ। बेलायती अध्यागमन विभागले आगामी शुक्रबारबाट लागू हुनेगरी फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश नागरिकलाई आफ्नो देश छिर्न रोक लगाएको हो।

यी मुलुक भ्रमण गरी स्वदेश फर्किएका समेत सरकारले तोकेका होटलमा १० दिनसम्म आइसोलेसनमा अनिवार्य बस्नुपर्नेछ।

बेलायतमा बितेको २४ घण्टामा थप ३ हजार ४ सय २ नयाँ संक्रमित थपिएका छन्। यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ५३ हजार ६६८ पुगेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जानकारी दिएको छ।

बेलायतमा सक्रिय संक्रमितको संख्या तीन लाख ५३ हजार ३६५ रहेको छ भने ३८ लाख ७३ हजार ४८७ संक्रमित निको भइसकेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८१६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *