सेनालाई १ लाख डोज कोभिड १९ भ्याक्सिन सहयोग

काठमाडौँ। भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोभिड-१९ विरुद्धको खोप सहयोग गरेको छ। आइतबार साँझ उक्त परिमाणको खोप नेपाली सेनाले प्राप्त गरेको हो।

भारतीय राजदूतावासका सैनिक सहचारीले नेपाली सेनाका पदाधिकारीलाई आइतबार त्रिभुवन विमानस्थलमा भ्याक्सिन हस्तान्तरण गरेका हुन्। सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज भ्याक्सिन काठमाडौं आइपुगिसकेको बताए। यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको पौडेलले बताए।

भारतीय सेनाबाट प्राप्त उक्त खोप नेपाली सेनाका कर्मचारीहरु र तिनका परिवारलाई लगाइने पौडेलले बताए। यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख डोज उपलब्ध गराएको थियो ।

काठमाडौँस्थित भारतीय दूतावासले पनि विज्ञप्ति जारी गर्दै आफ्नो सेनाले उपहारको रुपमा दिएको खोप नेपाली सेनाले प्राप्त गरेको जनाएको छ। ‘भारतमा बनेको कोभिड १९ को खोपको १ लाख डोज भारतीय सेनाले नेपाली सेनालाई प्रदान गरेको छ। जुन त्रिभुवन विमानस्थलमा नेपाली सेनाले ग्रहण गरिसकेको छ’, भारतीय दूतावासले आइतबार साँझ ट्वीटरमार्फत् जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *