विश्व अर्थतन्त्र गतिशील बनाउन चिनियाँ अर्थतन्त्र महत्वपूर्ण

नेपाल चीनको असल, परंपरागत र विश्वासिलो छिमेकी हो।आर्थिक, साँस्कृतिक, राजनैतिक र जनस्तरमा नेपाल र चीन वीच घनिष्ठ सम्बन्ध रहीआएको छ । छिमेकीसंगको असल सम्बन्धलार्इ अगाडि बढाउने, विकासशील मुलुकहरूको विकासनिर्माणमा सघाउने र साझा समृद्धिकालागि सहकार्य गर्ने नीति चीनले लिनु हाम्रालागि खुसीको कुरा हो । चीन सन् २०२० मा एक हजार अर्व भन्दा ठुलो अर्थतन्त्र भएका विश्वका १६ राष्ट्र मध्येको एकमात्र अर्थतन्त्र सकारात्मक हुने र सन् २०२१मा उच्च आर्थिक बृद्धिको लक्ष राखेको मुलुक हो । नेपालको मात्र होइन विश्वको अर्थतन्त्रलाई नै गतिशील बनाउन चीनको अर्थतन्त्रले आगामी दिनहरूमा एकदमै महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।

चीनले कोरोना महामारीबाट परेको असरलाई न्यून गर्दै उच्च आर्थिक, ब्यापार र लगानीकालागि खुलापनलाई थप विस्तार, तथा बहुपक्षीय ब्यापार प्रणालीको प्रवर्धन गर्ने जस्ता विषय बाहीर ल्याएको छ, जुन हामीजस्ता विकासको चाहना भएका तर श्रोतसाधन तथा प्रविधिको खोजिमा भएका मुलुककालागि राम्रो कुरा हो ।

एक शक्तिशाली राष्ट्र र नेपालको घनिष्ठ छिमेकी भएकोले चीनले लिने नीति तथा चीनको समग्र विकास तथा स्थायित्वसंग नेपालको विकास तथा स्थायित्व जोडिन्छ । नेपालमा अहिले आउने अधिकांश विदेशी लगानी चीनबाट आइरहेको छ । कोभिड-१९ भन्दा पहिलेको तथ्याङ्कलाई आधार मान्दा चीन तीब्र विस्तार भैरहेको नेपालको पर्यटनको दोश्रो ठूलो श्रोत हो । नेपालमा आउने बैदेशिक सहायताको ठूलो हिस्सा चीनको छ । साँस्कृतिक तथा जनस्तरको सम्बन्ध र ब्यापारका हिसावले पनि चीनसंगको हाम्रो सम्बन्ध एकदमै महत्वपूर्ण छ । कोरोना महामारीसंग जुध्न र कोरोनाबाट नराम्रोगरी थलिएको अर्थतन्त्रलाई उकास्न पनि नेपाललाई चीनको विकास र सहयोग अपरिहार्य छ ।

पहिलो त चीनले सरकारी तवर र स्थानीय सरकार एवं जनस्तरबाट नेपाललाई धेरै सहयोग प्राप्त भयो । त्यसकालागि चिनियाँ सरकार र जनता धन्यवादका पात्र छन् । कोरोना माहामारी अझै रोकिएको छैन । कोरोना महामारीले भविष्यमा हामीजस्ता सीमित क्षमता र श्रोत भएका मुलुककालागि चीनजस्ता मुलुकसंगको सहकार्य कति महत्वपूर्ण हुन्छ भनेर सम्झाई दिएको छ । चीनले आठ लाख थान कोरोनाको भ्याक्सिन अनुदानमा दिएको छ । त्यस्ता सहयोगप्रति धन्यवाद दिँदै नेपालले तुरून्तै खोप ल्याउने र सो खोप लगाएर बढीभन्दाबढी नेपालीको जीवन जोगाउन लाग्नुपर्छ । भविष्यमा कोरोना महामारी पूर्ण नियन्त्रण गर्न र कोरोनाबाट थलिएको अर्थतन्त्रलाई अगाडि बढाउन चीनको सहयोग नेपाललाई एकदमै महत्वपूर्ण हुनेछ ।

पहिलो त नेपाल चीनसंग पेटी तथा मार्ग अवधारणा (बेल्ट एण्ड रोड इनिसियटिभ) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने एक मुलुक भएको र चीनले पेटी तथा मार्ग अवधारणा अन्तरगत उच्च गुणस्तरको विकासलाई अगाडि बढाउने बताएकोले हामीले उक्त अवधारणा अन्तरगतका छिटो प्रतिफल दिने योजनालाई शीघ्र कार्यान्वयनमा लैजानु पर्छ । चीनबाट लगानी, प्रविधि र पर्यटन भित्र्याउने, निर्यात ब्यापार सहजीकरण गर्ने सेला सेवा विस्तार तथा पारबहन सुविधालाई कार्यान्वयनमा ल्याउने हाम्रा प्रारथिमिकता हुन् । चीनसंग सहकार्यका परियोजना छान्दा उच्च प्रतिफल दिने, हिमालपार बहुआयामिक सम्पर्कसंजाल विस्तार गर्ने, चीनको बजारसंग नेपालको बजारलाई मूल्यश्रृङ्खलामा जोड्ने जस्ता विषय छन् ।

चीनले गरीवी निवारणका क्षेत्रमा मानव इतिहास मै अभूतपूर्व उपलब्धी, त्यो पनि कोरोना महामारीबाट विश्वब्यापी रूपमा गरीवी बढीरहेको असामान्य वर्षमा । नेपाललगायत बाँकी विश्वले चीनबाट गरीवी निवारणमा सिक्न र लाभ लिन सक्छ । चीनले अहिले क्षेत्रीय असन्तुलन र चीनीयाँ शैलीको समाजवादको अभ्यास गरिरहेको छ । भलै सिद्धान्त त वाद आयात निर्यात गरिने विषय होइनन् । तर, उस्का सफलतम अभ्यास र शैलीलाई हाम्रो अनुकूल हुनेगरी लागू गरेर शीघ्र लाभ लिनु नराम्रो होइन । गरीवी निवारणमा म आफैले देखेका कुराहरू पनि छन् जुन नेपालका लागि उपयोगी छन् भन्ने मैले ठानेको छु । स्वास्थ्यका क्षेत्रमा चीनले सामाजिक सुरक्षामा अभूतपूर्व सफतला हासिल गरेको छ, जुन हाम्रालागि अध्ययनको विषय हो ।

लिलामणि पौड्याल, चीनका लागि पूर्वराजदूत

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *