ओलीसंग कार्यकर्ता हैन दासमात्र छन् : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोचनात्मक चेत भएका मानिसहरु टिक्न नसक्ने बताएका छन्। उनले ओलीसंग दासमात्रै बाँकी रहेको आरोप पनि लगाए ।

मंगलवार काठमाडौंमा अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले आलोचना गर्ने मान्छेहरु मन नपराउने बताउँदै त्यस्तो आरोप लगाएका हुन्। ‘केपी ओलीले आफूसँग दासहरू मात्रै राखेका छन्। आलोचना गर्ने कोही पनि छैनन् ।’

नेपालले ओलीलाई नेपाली हिटलरको संज्ञा पनि दिए । ‘ओली हिटलर भएका छन्। केपी ओली विचार जबज होइन, निरंकुशता मात्रै हो’, उनले  भने ।

त्यस्तै नेता नेपालले ओलीले पार्टीभित्र बहुमतको निर्णय नमानेको पनि बताए । उनले भने, ‘केपी ओली जबजको मान्यताबाट अघि बढेका छैनन् । जबजको पहिलो कुरा बहुमतको निर्णय मान्ने हो। तर उनले कहिल्यै बहुमतको निर्णय मानेका छैनन्।’

नेता नेपालले ओलीमा कुनैपनि संस्कार नरहेको आरोप लगाउँदै बैठक भनेपछि ओलीलाई ज्वरो आउँने टिप्पणी गरे। ‘केपी ओलीले आफूलाई बा! भन्छन्। उनमा कुनै संस्कार नै छैनु । बैठक भनेपछि केपी ओलीलाई १०३ डिग्री ज्वरो आउँथ्यो, हाम्रो लडाइँ केपी ओली व्यक्तिसँग होइन, प्रवृत्तिविरुद्ध हो’, नेता नेपालले भने ।

नेपालले ओलीले राजावादीसंग साठगाठ गरेर गणतन्त्र मास्न खोजेको आरोप समेत लगाएका छन्। ओलीले चाहँदैमा राजतन्त्र नफर्किने बताउँदै उहाँले भन्नुभयो, ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन्,सहयोग गरुन् हामी राजतन्त्र फर्किन दिँदैनौं ।’

पार्टी छोडेर नभाग्ने प्रष्ट पार्दै नेता नेपालले ओलीले सोधेको स्पस्टिकरणबाट आफू बिचलित नभएकाले कार्यकर्तालाई पनि बिचलित नहुन आग्रह गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *