शाइन रेसुङ्गाको भव्य ‘इन्ट्री’, उपत्यकामा एकैसाथ पाँच शाखा संचालनमा

विकास बैंकको रुपमा २०६५ सालमा बुटवलबाट कारोबार शुरु गरेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अब काठमाडौँ प्रवेश गरेको छ । बैंकले एकै दिन काठमाडौँका पाँच स्थानमा एकैसाथ शाखा सञ्चालनमा ल्याएको छ ।

आइतबार एक भव्य कार्यक्रम गरि बैंकले नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आफ्नो शाखा उद्घाटन गरेको छ । गुल्मी जिल्लालाई कार्यक्षेत्र बनाएर कारोबार शुरु गरेको रेसुङ्गा विकास बैंकलाई २०६९ सालमा मर्ज गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बनेको थियो । पछि २०७३ सालबाट प्यूठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई पनि यसैमा मर्ज गरेको थियो ।

बाँकेमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक र भैरहवाको पूर्णिमा विकास बैंकलाई २०७६ सालमा एक्विजिसन गरी २०७६ मंसिर १० गतेबाट राष्ट्रियस्तरको विकास बैंक बनेको थियो । हालै काठमाडौँमा गरिएको ५ शाखा शुभारम्भपछि बैंकले नेपालभर ८० शाखा सञ्चालनमा ल्याउन सफल भएको छ ।

विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने ६५ जना संस्थापकको ६ करोड रुपैयाँ चुक्ता पूँजीबाट सञ्चालनमा आएको शाइन रेसुङ्गा बैंकको हाल चार अर्बभन्दा बढी पूँजीकोष रहेको बैंकले जनाएको छ। चार लाखभन्दा बढी ग्राहक संख्या, ३३ अर्बभन्दा बढी निक्षेपसँगै ३१ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी रहेको बैंकले जानकारी दिएको छ ।

ग्रामीण बैंकिङमा बलियो आधार बनाइ उच्च जनसंख्या भएको काठमाडौेंमा स्तरीय वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *