कोरोना संक्रमण बढ्न थालेपछि थपियो चिन्ता

काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर आएपछि नेपालमा सरकारले सचेतता अपनाउन आग्रह गरेको छ। भारतमा संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको हो।

आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्या बढ्न थालेपछि भारतका विभिन्न राज्यहरुमा लकडाउन गर्न थालिएपछि त्यहाँ बस्ने नेपालीहरु नेपाल फर्कन थालेका छन्। खुला सिमाना र अव्यवस्थित आवागमनका कारण भारतमा देखिएको कोरोनाको दोस्रो लहर नेपाल भित्रिन सक्ने भन्दै आमरुपमा चिन्ता बढिरहेका बेला मन्त्रालयले सावधानी अपनाउन सचेत गराएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *