नेपाल र खनाल बोर्डमा नबस्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल संसदीय बोर्डमा बस्न नबस्ने भएका छन्।  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधानविपरित एकलौटी रुपमा बोर्ड गठन गरेको भन्दै उनीहरुले  बोर्डमा बस्न अस्विकार गरेका हुन्।

शुक्रबार बसेको संसदीय दलको बैठकले गठन गरेको बोर्डमा खनाल र नेपाललाई पनि राखिएको थियो । २७ सदस्यीय बोर्डमा बाँकी २५ जना सबै ओली पक्षका छन्।

शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताए। ‘म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ’ उनले भने, ‘हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामीलाई बस्दैनौं ।’

बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उनले छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *