नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने ओली पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले खनाल-नेपाल पक्षका पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र राम कुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पाँचै जनामाथि पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउन लागिपरेको, सरकारको बदनाम गर्दै गुटगत भेला गरेको जस्ता आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *