एमाले विवाद : माधव समूहले बुझायो असहमतिपत्र

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई असहमतिपत्र बुझाएको छ। ओलीले आजका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटीको बैठक बहिष्कार गरेको नेपाल पक्षले वालुवाटार पुगेर पत्र बुझाएको हो।

३८ सांसदको हस्ताक्षरसहित संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीलाई बुझाइएको ५ बुँदे असहमतिपत्रमा  बैठक विधि र विधानसम्मत नभएको, नवौं महाधिवेशनबाट पारित विधानअनुसार कामकारवाही नभएको, संसदीय दलको बोर्ड गठन गर्ने कुरा विधानले व्यवस्था गरेअनुसार केन्द्रीय कमिटीले अनुमोदन गरेपछि हुनुपर्ने, दलको बैठक संसदीय दलको कार्यालय र संसद भवनमा मात्रै राख्नुपर्ने लगायतका विषय छन् ।

पत्र बुझाउन नेपाल पक्षका सांसदहरु सोम पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत बालुवाटार पुगेका थिए। पत्रमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना भएको बैठकप्रति पनि असहमति जनाइएको छ ।

यी कुराहरु नहुँदासम्म आफूहरु ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने पत्रमा उल्लेख गरिएको छ । ओली पक्षको संसदीय दलको बैठक चल्दै गर्दा ३८ सांसदको हस्ताक्षरसहित उनीहरु बालुवाटार पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *