कर्णालीमा समर्थन फिर्ता लिएका छैनौँ : ज्वाला

काठमाडौँ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारको समर्थन फिर्ता लिने ओली पक्षको निर्णय नमान्ने बताएका छन् ।

एमाले माधव पक्षका नेतासमेत रहेका मन्त्री ज्वालाले ओली पक्षको निर्णयप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले भने, ‘चैत्र ४ गते नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस्तो गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौ ।औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ ।’

उनले ओली गुटले गरेको निर्णय नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदै भने, ‘कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउदछौ ।’

बुधवार ओली पक्षका नेत यमलाल कंडेलको नेतृत्वमा बसेको ओली पक्षीय कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *