माओवादी बैठक स्थगित, वार्ता र छलफलमा जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । आइतबारदेखि शुरु भएको बैठक आज स्थगित भएको हो ।

तत्कालीन राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गरिएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले तत्कालीन परिस्थितिसंग सम्बन्धित कार्यभार पूरा गर्न अन्य राजनीतिक दलसँग वार्ता गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको बताए ।

‘अहिलेको राजनीतिक परिस्थितिका कारण अन्य पोलिटिकल पार्टीहरुसंग वार्ता गर्नुपर्ने र त्यसमा केन्द्रित हुनुपर्दा बैठक प्रभावित हुने देखिएकाले हाललाई स्थगित गरेका हौँ’,श्रेष्ठले भने ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेपछिको राजनीतिक अवस्था, सरकार गठन, एमालेमा लागेका नेताहरुमाथि अनुशासनको कारवाही, पार्टीको नाम परिवर्तन लगायत एजेण्डामा छलफल गर्न नेकपा माओवादी केन्द्रले आइतबार केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *