राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन्। मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ  ।

सत्ता समीकरणको विषयमा दलहरुबीच छलफल भइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *