नेपाल समूहले भन्यो: ओली दक्षिणपन्थी विसर्जनवादी

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दक्षिणपन्थी विसर्जनवादीको आरोप लगाएको छ ।

सो समूहका ११ जना स्थायी समिति सदस्यले आइतबार संयुक्त वक्तव्य जारी गर्दै ओलीको राज्यसत्ता दक्षिणपन्थी र विसर्जनवादी भएको बताएको हो । उनीहरुले यसविरुद्ध दृढतासाथ अघि बढ्नु आजको आवश्यकता भएको ठहरसमेत गरेका छन् ।

कम्युनिष्ट पार्टीको नीति सिद्धान्त आफूहरूसँग रहेको भन्दै उनीहरूले ओलीका गुटका कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी कुकृत्य करार गर्दै यसलाई पराजित गरी छाड्ने उल्लेख गरेका छन् ।

त्यस्तै वामपन्थी एकतालाई बढाउन उनीहरूले कार्यकर्ता तहमा आह्वान पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *