सांसद विष्ट माओवादी केन्द्रमै फर्किए

काठमाडौँ। नेकपा एमाले (ओली पक्ष)मा लागेका कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् । विष्टलाई शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले एमालेमा लागेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएलगत्तै विष्ट माओवादी केन्द्रमा फर्किएका हुन् । एमाले प्रवेश गरेका नेताहरुलाई माओवादीले कारबाही गर्ने तयारी गरिरहेका बेला विष्ट मूल पार्टीमै फर्किएका हुन् ।

कारवाहीमा परे उनीहरुको सांसद पद समेत खारेज हुनसक्छ । सुर्खेतबाट निर्वाचित विष्ट सशस्त्र युद्धका बटालियन कमाण्डर समेत हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वास पात्रका रुपमा लामो समय काम गरेका विष्ट केही महिनादेखि रुष्ट बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *