ओलीसंग सहकार्य असम्भव: उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहकार्य नहुने स्पष्ट पारेका छन् ।

सत्ता सहकार्यबारे आज बिहान नेकपा (माओवादी केन्द्र)सँग भएको छलफलबाट बाहिरिने क्रममा यादवले ओलीसंग कुनै हालतमा सहकार्य नहुने बताएका हुन् । ‘ओलीको सर्वसत्तावाद परास्त गर्ने विषयमा छलफल भएको छ, बैठक सकारात्मक छ, ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य हुँदैन’, उनले भने ।

उनले प्रधानमन्त्री ओलीले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत विषयलाई कार्यान्वयन गरे धन्यवाद मात्रै दिन सकिने बताए । सरकारसँग वार्ता सकारात्मक भएको कुरा बाहिर आएपनि सत्ता सहकार्य भने नहुने उनले दाबी गरे ।

ओली नेतृत्वको सरकार हटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू सहमति नजिक पुगेको पनि यादवले बताएका छन् ‌। यसबारे चाँडै निस्कर्षमा पुग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *