ओलीलाई ‘काउन्टर’ दिँदै माधव नेपालद्वारा समानान्तर कमिटी गठन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको केन्द्रीय कमिटी पुनर्गठन र कार्यविभाजनलाई चुनौती दिँदै माधव नेपाल पक्षले समानान्तर संरचना बिस्तार गरेको छ ।

ओलीले विधान विपरित एकलौटी रुपमा निर्णय गरेको भन्दै नेपाल समूहले शनिबार समानान्तर कमिटी गठन गरेको हो । सो समुहको आज बसेको केटिमी बैठकले समानान्तर संरचना बनाएको हो ।

जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को घनश्याम भुसाल, वागमती प्रदेशको अष्टलक्ष्मी शाक्य र गण्डकीकाे जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएकाे छ । यस्तै लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवाली र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

यस्तै,  नेपाल समूहले विभागको पनि गठन गरेको छ । जसअनुसार, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्य, बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाल, यवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई दिएको छ ।

शुक्रबार बसेको ओली पक्षको बैठकले नेपाल-खनाल समूहका नेताहरुको जिम्मेवारी खाेस्दै माओवादी केन्द्रबाट एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *