बादलसहित २३ जनालाई स्पष्टीकरण

काठमाडौँ। (नेकपा माओवादी केन्द्र)ले एमालेमा लागेका नेताहरुलाई स्पष्टीकरण सोधेको छ। माओवादी केन्द्रको अह्निबार बिहान बसेको स्थायी कमिटी बैठकले हिजो मात्र एमालेको केन्द्रीय सदस्य बनेका २२ नेतालाई २४ घण्टे स्पष्टीकरणसोधेको हो।

बैठकले पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन गरिएको छ । उनीहरुले २४ घण्टाभित्र त्यसबारे जानकारी नदिएमा कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ ।

शुक्रबार एमालेले माओवादीमा नफर्किएका गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका नेताहरुलाई जिम्मेवारी दिनुका साथै २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *